ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

आइतबार ३१, चैत २०८१ १०:१७

धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो । 

कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो । घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका थिए । 

उक्त घटनामा विमलाका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया