धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशकै व्यापारीक केन्द्र धनगढीमा सुविधासम्पन्न होटेल सञ्चालनमा आएको छ । युवा व्यवसायी सुरेन्द्र पन्तले धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडमा ‘होटेल देव इन’ सञ्चालनमा ल्याएका हुन् ।
होटेलको संचालक सुरेन्द्र पन्तकी आमा डम्वरीदेवी पन्तले रिवन काटेर होटेलको उद्घाटन गरेकी हुन् ।
होटेलमा सुविधासम्पन्न १९ कोठाहरू छन् । होटेलमा चार वटा लग्जरियस रुम र बाँकी १५ वटा डिलक्स रुम छन् । होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने संचालक पन्तको विश्वास छ ।
होटेलमा हल, डाइनिङ रेष्टुरेन्ट र बार रहेका छ्न् । होटेलमा लिफ्टको सुविधा छ । यस्तै, अन्डरग्राण्ड र बाह्य पार्किङको व्यवस्था पनि रहेको सञ्चालक पन्तले जानकारी दिए ।
प्रतिक्रिया