ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा पर्यटकका लागि ‘पर्यटक प्रहरी पोष्ट’

मङ्गलबार ०२, बैशाख २०८२ ०२:४४

डोटी । डोटीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ । खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दीपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो । 

दीपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्काका अनुसार सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पपोष्ट स्थापना भएको जानकारी दिए ।

पोष्टमा प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा सात जना प्रहरी राखिएको छ । पर्यटकहरू माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाइँ लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले पोष्ट स्थापना गरिएको हो । 

प्रतिक्रिया