ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराको घटाल थानमा मेला, धामीले खाए बालुवा

मङ्गलबार ०२, बैशाख २०८२ ०५:००

धनगढी । डडेल्धुराको प्रसिद्ध शक्तिपिठ घटाल थानमा बिसु जाँत (मेला) लागेको छ । हरेक वर्ष नयाँ वर्षको दोस्रो दिन घटाल थानमा बिशु मेला हुँदै आएकोमा यसवर्ष पनि मंगलबार मेला लागेको हो ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–३ मा रहेको डोटी खोलामा रहेको थानमा लागेको मेलामा डडेल्धुरासहित छिमेकी जिल्ला डोटी, बैतडी, कैलाली र कञ्चनपुरबाट भक्तजन पुगेका थिए । 

मेलामा देउताका धामीले बालुवा खाने गरेका छन् । घटाल बाबा एवं भीम पुत्र घटोत्कचको शक्ति प्रदर्शनका रुपमा देवताका धामीले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले बताए । 

घटाल बाबासँग मागेअनुसार मनोकामना पूरा हुने र त्यसको पूर्तिमा बोका बली दिने चलन पनि रहेको छ । घटाल थानमा भीम पुत्र घटोत्कचको पूजाआजा हुने गरेको छ । किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी सन्तानविहीन रानीले भारतको गड्वालबाट घटाल देउता दाइजोमा ल्याएकी थिइन् । देउतालाई दरबारसम्म पुगाउन नसकिएपछि हालको मन्दिर क्षेत्रमै घटाल थान स्थापना गरिएको बताइन्छ । 

प्रतिक्रिया