काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई उक्त कुरा प्रमाणित गर्न चुनौती दिएका छन् ।
मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सत्ता साझेदार कांग्रेस महामन्त्री गगन थापाले केही दिनअगाडि प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले महामन्त्री थापाको नाम नलिई बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने प्रमाणित गर्न चुनौती दिएका हुन् ।
प्रतिक्रिया