धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका– ५ मा आयुर्वेदिक सेवा केन्द्रको उद्धाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले केन्द्रको उद्धाटन गरेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले स्वास्थ्य सेवामा आयुर्वेदिक पद्धतिको आवश्यकता तीव्र रूपमा बढ्दै गइरहेको बताउँदै सेवा केन्द्रले वडाबासीलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया