ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
अछामी भक्सी खाए प्रचण्डले

माओवादी केन्द्रको जागरण अभियान कैलालीमा

मङ्गलबार १६, बैशाख २०८२ ०९:३२

धनगढी । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित जनतासंगको माओवादी तराई–मधेस जागरण अभियान कैलाली पुगेको छ ।

अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका केन्द्रीय पदाधिकारी र नेताहरुको टोली आज बिहान टीकापुर–८ सत्तिमा सहिद परिवारसंग भेट गरेको छ । यसपछि सत्तिमै आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सत्तिमै बास बसेका अध्यक्ष प्रचण्डको टोलीले सुदूरपश्चिम अछामी परिकार खाजा खाएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । ‘खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो,’ सचिवालयले भनेको छ, ‘भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ । तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा उसिनिन्छ । डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो । स्थानीय संस्कृतिको सम्मान स्वरूप, अभियान टोलीले केराको पातमा परोसीएको भक्सी र डल्ला मास स्वादले भरिपूर्ण परिकार खाजाको रूपमा ग्रहण गरेको हो ।’

सहिद परिवारलाई भेट गर्नुअघि अध्यक्ष प्रचण्ड सहितको टोलीले सत्तिमा मर्निङ वाक गरेको थियाे । कैलालीकाे टीकापुर, कैलारी र धनगढीमा आजै सहिद परिवार भेट, जनसभा र अन्तरक्रिया कार्यक्रम छ । भाेलि कञ्चनपुरको भीमदत्त नगर पुगेर अभियान समापन गरिने छ ।

प्रतिक्रिया