ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली पुगेर प्रचण्डको सरकार लक्षित टिप्पणी– मर्ने बेलामा कमिलाको प्वाँख आउँछ

मङ्गलबार १६, बैशाख २०८२ ०४:१३

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताएका छन् । उनले ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुन नसक्ने बताए ।

‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’अन्तर्गत कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो संकेत गरेका हुन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुन नदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन तथा आवश्यकता अनुसार संशोधन पनि गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकार धेरै समय नटिक्ने संकेत पनि गरे । ‘अहिले शिक्षकहरु आन्दोलनमा छन्, डाक्टर पनि आन्दोलित भएका छन्, सहकारीपीडितको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘तर, वर्तमान सरकार जायज माग पूरा गर्नतर्फ नभएर अपमानित गर्न लागेको छ । शिक्षकमाथि दमन गरिरहेको छ । यो लोकतन्त्र विरोधी कार्य हो । मर्ने बेलामा कमिलाको प्वाँख आउँछ भन्थे । यो सरकार पनि मर्ने तिरै गइरहेको छ । बाँच्ने तरिका यो होइन ।’

अहिलेको सरकार भ्रष्टाचारी बचाउनका लागि बनेको अध्यक्ष प्रचण्डले आरोप लगाए । 
 

प्रतिक्रिया