ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सहीदका सपना पूरा गर्छौंः प्रचण्ड

बुधबार १७, बैशाख २०८२ ११:०४

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियानका लागि कञ्चनपुरको पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका प्रचण्डले सहीद परिवार सम्मान कार्यक्रममा ‘एक सहीद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।

सहीद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ । सहीदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले शहीद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।

जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै उनले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने बताए । उनले सहीद परिवारका सदस्यलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया