धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष चौधरी बिहीबार टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् । उनको सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएको छ ।
श्रेष्ठ यसअघि बुधबार पनि अस्पताल भर्ना भएकी थिइन् । तर, नाउपा र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रममा सहभागी हुन श्रेष्ठ अस्पतालबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेकी थिइन् ।
प्रज्ञा प्रतिष्ठानबाट नाउपाका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि उनलाई छुटाउन श्रेष्ठ डिल्लीबजारस्थित कारागार पनि पुगेकी थिइन् ।
प्रतिक्रिया