ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम रास्वपामा खटपट, प्रदेश सभापति बिष्टलाई बर्खास्त गर्न माग

शुक्रबार १९, बैशाख २०८२ ०२:०३

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टलाई बर्खास्त गर्न माग गरिएको छ । प्रदेशका नौ वटै जिल्ला सभापतिहरूले संयुक्त रूपमा सुदूरपश्चिम इन्चार्ज हरि ढकाललाई ध्यानाकर्षणपत्र बुझाउँदै सभापति बिष्टलाई बर्खास्त गर्न माग गरेका हुन् ।

जिल्ला सभापतिले बुझाएको ११बुँदे ध्यानाकर्षणपत्रमा सभापति बिष्टले आन्तरिक छलफलबिना एकलौटी निर्णय गर्दै प्रदेश पदाधिकारी हटाउने र नियुक्त गर्ने जस्ता आरोप लगाइएको छ ।

उनीहरूले बिनाएजेन्डा बैठक सञ्चालन गर्ने, केन्द्रमा झुटो रिपोर्टिङ गर्ने, संगठन निर्माण अभियानहरूमा अवरोध सिर्जना गर्ने, प्रदेश समितिको बैठकमा नक्कली हस्ताक्षर संकलन गर्ने, आफ्ना निकटस्थहरूलाई जिल्ला तहसम्म समन्वयबिना पदमा मनोनयन गर्ने र आलोचना गर्नेहरूलाई गुटबन्दीको आरोप लगाउने जस्ता कार्य गर्दै आएको उल्लेख गरेका छन् ।

रास्वपाका प्रदेश सभापति बिष्टले भने आफूमाथि कारबाही गर्नुपर्छ भनेर ध्यानाकर्षणपत्र बुझाइएको थाहा पाएको र पार्टीको आन्तरिक विषय भएकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए । 

प्रतिक्रिया