ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रहरी प्रमुखमा डीआईजी बिक

सोमबार २२, बैशाख २०८२ १२:५९

धनगढी । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै सुदूरपश्चिमको जिम्मेवारी दिएको हो।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद खाली रहेको थियो । चन्दको अवकाशपछिको खाली पद पूर्तिका लागि गरिएको निर्णयअनुसार बिकलाई प्रदेश प्रहरी प्रमुख बनाइएको हो ।

प्रतिक्रिया