धनगढी । बुढीगंगा समृद्धिको आधारका लागि घोषणापत्र जारी गर्दै ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ कार्यक्रम सम्पन्न भएको छ ।
समृद्ध बुढीगंगा निर्माणका लागि आयोजना गरिएको तीन दिने कचहरी कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो ।
कार्यक्रममा बाजुराका प्राय सबै दलका नेता, बाजुराका विभिन्न पालिका प्रमुख, उपप्रमुख, विषय विज्ञ, नागरिक समाज, कर्मचारी, सरोकारवाला पक्ष र आम नागरिकको सहभागिता रहेको थियो । उनीहरुले बुढीगंगाको विकासका लागि सुझाव दिएका थिए ।
प्रतिक्रिया