कैलाली । यातायात व्यवसायीहरुको आन्दोलनका कारण समस्यामा परेका यात्रुहरुको सजिलोको लागि निशुल्क बस सेवा सञ्चालन गरिएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीस्थित कैलाली भन्सारदेखि धनगढी बसपार्कसम्म दुई ओटा बसमार्फत निशुल्क सेवा सञ्चालन गरेको प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए ।
भारतबाट आउने नेपालीलाई सार्वजनिक यातायात बन्दको जानकारी नभएको देखिएपछि निशुल्क बस सेवा सञ्चालन गरिएको बताए । सुदूरपश्चिममा यातायात व्यवसायी र मजदुरको आन्दोलाका कारण सार्वजनिक यातायात दुई दिनदेखि ठप्प छ ।
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले पनि यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया