ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा लगानी सम्मेलनको तयारी, आजदेखि प्रि–समिट

मङ्गलबार २०, जेठ २०८२ ११:५४

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको प्रि–समिट आजदेखि सुरु हुँदै छ । असोजमा आयोजना हुने लगानी तथा विकास सम्मेलनको तयारीका लागि प्रि–समिट आयोजना गरिएको हो । 

प्रि–समिट दुई दिनसम्म चल्ने छ । प्रि–समिटकै लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढी पुगेकी छिन् । आर्थिक विकासको सम्भावनालाई उजागर गरी रुपान्तरणकारी आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य परिपूर्तिका लागि प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना गर्ने जनाएको छ । 

प्रतिक्रिया