ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा पर्यटन हेर्ने छुट्टै मन्त्रालयको माग

मङ्गलबार २०, जेठ २०८२ ०५:२४

धनगढी । सुदूरपश्चिममा पर्यटन हेर्ने छुट्टै मन्त्रालयको माग भएको छ । स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको पहलमा मंगलबार धनगढीमा भएको प्रकृतिप्रेमीका आँखामा सुदूरपश्चिम कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो माग गरेका हुन् । 

कार्यक्रममा अधिकांश सहभागीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट पर्यटनलाई हटाएर अर्को मन्त्रालय बनाउनु पर्नेमा जोड दिएका थिए । प्रदेशसभा सदस्य डा. जोशी, एमालेका प्रमुख सचेतक चक्र मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले अहिलेको अवस्थामै मन्त्रालय रहँदा पर्यटन क्षेत्रको विकास नहुने बताए । अलग मन्त्रालय बनाउन सकिएन भने उपसचिवको जिम्मामा पर्यटन क्षेत्र राखिनु पर्नेमा पनि केही सहभागीको जोड थियो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पर्यटन क्षेत्रमार्फत् विकास केन्द्रित काम गर्ने बताए ।

पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई देवभूमी, प्राकृतिक सुन्दरता, संस्कृति लगायतको क्षेत्रका रुपमा परिचित गराउने गरी काम गर्न जरुरी भएको बताए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, पूर्वमन्त्री सन्तोष शर्मा थापा, अक्कल रावल, नरेश शाही, टीका थापा लगायतले सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासका लागि सबै जुट्नु पर्ने बताए । 

कार्यक्रममा क्याप्टेन वेद उप्रतीले कर्णाली र मोहनामा डल्फिन सेन्टर तथा खप्तडमा स्कि खेल्ने ठाउँ बनाउनुपर्नेमा जोड दिए ।  शुक्लाफाँटामा फरक तरिकाले बाह्रसिगे देखाएर रोजगारी सृजना गर्न सकिने सुझाव उनको थियो ।

प्रतिक्रिया