ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै

छानबिन समिति गठनको माग

सोमबार २६, जेठ २०८२ ०२:१२

काठमाडौँ  । सत्तापक्ष भिजिट भिसा  प्रकरणको छानबिनका लागि समिति गठन गर्न तयार नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा संसद् अवरुद्ध गर्ने रणनीति यथावत् राख्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिए । 

दाहालले सोमबार संसद् बैठकअघि छानबिन समितिको मागबारे विपक्षी दलहरूको साझा धारणा कायम छलफल भएको र समिति गठन नभएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार, भिजिट भिसा प्रकरणको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय समिति आवश्यक रहेको विपक्षीको अडान परिवर्तन भएको छैन।

विपक्षी दलले कांग्रेससँग पनि यसबारे छलफल गरेको थियो । तर आफूहरूको मागमा कांग्रेस समेत तयार नभएको विपक्षीको आरोप छ । यससँगै आज दिउँसो बस्ने तय भएको संसद् बैठक पनि अनिश्चित देखिएको छ । 

प्रतिक्रिया