ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आन्तरिक एकता नभए सुदूरपश्चिममा दुई सिट पनि गुमाउँछौँ : भट्ट

बुधबार २८, जेठ २०८२ ०५:१०

धनगढी । नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमालेभित्र एकता कायम राख्न नसके आगामी निर्वाचनमा पार्टीले अहिले जितेका दुईवटा सिट पनि गुम्नसक्ने बताएका छन् । धनगढीमा आज नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एकता हुन नसके गम्भीर राजनीतिक क्षति हुनसक्ने बताए ।

पार्टीभित्रको एकता कायम रहेमा भने प्रदेशका १६ वटै सिट एमालेले जित्न सक्ने उनको दावी छ । सचिव भट्टले एमालेमाथि अहिले घेराबन्दी र प्रहार भइरहेको बताए । आन्तरिक र बाध्य दवावमा पार्टी रहेको भट्टले बताए । उनले पार्टी अध्यक्ष केपी ओलीमाटि अहिले आन्तरिक र बाह्य दवाव रहेको बताए ।

‘पार्टीमाथि घेराबन्दी भइरहेको छ । पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ’ सचिव भट्टले भने, ‘यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनु पर्छ । पार्टी संकटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ ।’

सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको  बताए । ‘उहाँ (पार्टी अध्यक्ष) देश निर्माणमा समर्पित हुनुहुन्छ । दिनको २० घण्टा काम गर्नुहुन्छ । यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्छ’ उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्छ ।’

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरुको ठुलो सम्भावना रहेको धारणा राखे । समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो ।
 

प्रतिक्रिया