ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रेडक्रसको धनगढी– ५ उपशाखा सभापतिमा पाण्डेय

शुक्रबार ३०, जेठ २०८२ ०३:१७

धनगढी । नेपाल रेडक्रस सोसाइटी धनगढी ५ नम्बर उपशाखाको सभापतिमा दिनेश पाण्डेय निर्विरोध चयन भएका छन् । उपशाखाको २०औं अधिवेशन तथा उपशाखा सभाको कार्यसमितिको निर्वाचनमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

उपशाखाको उपसभापतिमा लिलाकुमारी भट्ट, सचिव सुरेशप्रसाद जोशी,  कोषाध्यक्ष सुभाषचन्द्र भण्डारी, उपसचिव विजयनन्द साउद र उपकोषाध्यक्ष दिनेशचन्द्र जोशी चयन भएको निर्वाचन अधिकारी धर्मराज जोशीले बताए ।

यस्तै, सदस्यहरुमा कालिदास जोशी, हेमराज जोशी, दीपक उपाध्याय, नरेन्द्र शाह र महिला सदस्य ललिताकुमारी भट्ट निर्विरोध भएका छन् । 

निवर्तमान सभापति माधव भट्टको सभापतित्वमा भएको साधारणसभामा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति लोकराज जोशी रहेका थिए । विशिष्ट अतिथिमा रेडक्रस कैलालीका कोषाध्यक्ष गोविन्दराज जोशी, सामुदिय प्रहरी सेवा केन्द्रका संस्थापक अध्यक्ष मदनराज भट्ट, वडा नम्बर ५ का सदस्य दत्तुराम पाण्डेय लगायत थिए । 

प्रतिक्रिया