ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा काइट एजुकेसन सञ्चालनमा

आइतबार ०१, असार २०८२ ०३:५२

धनगढी । काठमाडौंमा १२ वर्षदेखि सञ्चालनमा रहेको काइट एजुकेसन हवले आफ्नो सेवा सुदूरपश्चिममा पनि विस्तार गरेको छ । सेवा विस्तारका क्रममा धनगढीमा मुख्य कार्यालय स्थापना गरिएको हो । 

धनगढी मुख्यमन्त्री कार्यालयको ठीकअगाडि रहेको सञ्चालनमा ल्याइएको कार्यालयको अभिनेता पुष्प खड्काले उद्घाटन गरे । संस्थाका सञ्चालक हेमराज साउदले आफू सुदूरपश्चिमकै स्थानीय भएकाले यहाँका युवालाई गुणस्तरीय शैक्षिक सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा कार्यालय स्थापना गरिएको जानकारी दिए । 

उनले शैक्षिक क्षेत्रमा अहिले प्रतिस्पर्धात्मक बजार भएकाले सेवा र दृष्टिकोणमा फरक बनाउन चाहेको बताए । काइट एजुकेसन हवबाट अब जापान, कोरिया, अमेरिका, बेलायत र युरोपेली देशहरुमा जान सकिने छ । संञ्चालक साउदले काइट एजुकेसनमा भाषा कक्षा, पिटिई,आएल्सजस्ता अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षाहरू सञ्चालन गरिने छ । 

प्रतिक्रिया