धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा एम्बुलेन्स सेवासहितको भेटेरीनरी इर्मेजेन्सी सेवा सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षमा यो सेवा सुरु हुने छ ।
एम्बुलेन्स सेवासहितको भेटेरीनरी इर्मेजेन्सी सेवा सुरु गर्नका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोज गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट भाषणमार्फत भेटेरीनरी इर्मेजेन्सी सेवा सुरु गर्ने घोषणा गरेका हुन् ।
प्रतिक्रिया