धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा र डडेल्धुराको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्ने भएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यी दुई अस्पतालको स्तरोन्नति गर्ने घोषणा गरिएको छ ।
सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा लम्कीचुहा अस्पताल सञ्चालन र व्यवस्थापन शीर्षकमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै जोगबुडा अस्पताल सञ्चालन र व्यवस्थामा एक करोड रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै गैरसरकारी स्तरबाट सञ्चालित अछामको बयलपाटा अस्पताललाई पनि प्रदेश मातहत ल्याउने घोषणा पनि सरकारले गरेको छ । बयलपाटा अस्पताल सञ्चालन तथा व्यवस्थापन शीर्षधमा साढे सात करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै औजार उपकरण खरिद शीर्षकमा बयलपाटा अस्पताललाई थप ५० लाख रुपैयाँ छुट्याइएको छ ।
प्रतिक्रिया