ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराको स्याउलेमा चक्काजाम, सात पहाडी जिल्लामा आवतजावत ठप्प

बुधबार ०४, असार २०८२ ०१:१२

डडेल्धुरा । डडेल्धुराको स्याउले बजारमा चक्काजाम हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाबाट आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन् ।

कैलाली कारागारमा कैदीबन्दी रहेका डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको रहस्यमय मृत्यु भएपछि न्याय माग्दै चक्काजाम गरिएको हो ।

कैलाली जिल्ला अदालतले बैंकिङ्ग कसुर मुद्दामा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउपछिको दुई दिनभित्रै असार २ गते उनको मृत्यु भएको थियो ।

पालीको परिवार र स्थानीय संघसंस्थाहरूले प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । मृतकका आफन्तहरूले पालीमाथि नियोजित यातना भएको र प्रहरीले पटकपटक रकम मागेको बताएका छन् ।

डडेल्धुराका स्थानीय, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, नागरिक समाज लगायतका संघसंस्थाहरूले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा दोषी प्रहरी र जिम्मेवार निकायविरुद्ध कडा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रहरीका अनुसार पालीको मृत्यु स्वास्थ्य समस्या कारण भएको दाबी गरिएको छ । तर, मृतकको शरीरमा देखिएका चोटपटक, रगत बगेको र सिसिटिभी फुटेज नहुनुले शंका बढाएको मृतकका आफन्तको आरोप छ । आफन्तहरूले दोषीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन् ।

प्रतिक्रिया