दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने भएको छ ।
चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो ।
नाका खुल्ने भएपछि यहाँका व्यापारी व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन् ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यसवर्ष व्यास गाउँपालिकाका १४६ र व्यास गाउँपालिकाबाहेकका अन्य पालिकाका ११ जनाले तिब्बत प्रवेश अनुमतिपत्र नवीकरण गराएका छन् । व्यास गाउँपालिकाका ६८ र अन्य पालिकाका ३७ जनाले नयाँ अनुमतिपत्र लिएका छन् ।
प्रतिक्रिया