धनगढी । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा लाग्ने मेलाको अवसरमा बाजुराको त्रिवेणी नगरपालिकाले तीन दिन बिदा दिएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै २१ गतेदेखि २३ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
‘त्रिवेणी नगरपालिकाको साउन ६ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार यस नगरपालिकामा अवस्थित पवित्र धार्मिकस्थल बडीमालिका मेलाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएकोले यस नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा २१ गतेदेखि २३ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारी गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी प्रसाद शाहद्वारा जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया