कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला परेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका ७० वर्षीय गणेश कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा कुँवरको शव फेला परेको हो ।
शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया