ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागार घटनाः गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखलाई छलफलमा बोलाए

शनिबार २४, साउन २०८२ ०३:४४

कैलाली कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् ।

कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गृहमन्त्री लेखकले शनिबार अपराह्न ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएका हुन् । 

गृहमन्त्रीको सचिवालयका अनुसार, छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेलगायत सहभागी हुनेछन् । कैदीबन्दीबीच गएराति एकापसमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरूको धनगढीमै उपचार भइरहेको छ ।

प्रतिक्रिया