धनगढी । बैतडी बस दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये आठ जनाको शव आर्यघाट पुगाइएको छ । पुर्चौडी नगरपालिका–७ मा बिहीबार साँझ जन्ती सवार बस दुर्घटना हुँदा ज्यान गुमाएका ८ जनाको शव संगै लगेर बझाङको बागथलास्थित कालंगा आर्यघाट पुगाइएको हो ।
बित्थडचिर गाउँपाकिाल– ७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, बसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी, बिसनदत्त जोशी र सोही वडाको धामी गाउँका दीपकराज जोशीको शव अन्त्येष्टिका लागि आर्यघाट पुगाइएको स्थानीय मुकुन्द जोशीले जानकारी दिए । ‘केही मृतकका छोरा काठमाडौैमा थिए,’ जोशीले भने, ‘अझै पुगिसकेका छैन । उहाँहरुलाई आर्यघाटमै पर्खिरहेका छौं ।’
मृतकमध्ये नरेन्द्रराज र विष्णुदत्तसहोदर दाजुभाइ हुन् । नरेन्द्र बित्थडचिर–७ का वडा सचीव थिए भने भने भाइ विष्णु स्थानीय महादेव माविमा अङ्ग्रेजी शिक्षक थिए । यस्तै, बसन्तराज मृतक नरेन्द्र र विष्णुका भतिजो हुन् । दुर्घटनामा ज्यान गुमाउने केशवराज जोशी र अशोकराज जोशी बाबुछोरा हुन् । उनीहरु पनि नरेन्द्र र विष्णुकै बाजे भाइतर्फका परिवारका सदस्य हुन् ।
मृतक १३ मध्ये दुई जना भने केदारस्यू गाउँपालिकाका र दुई जना अवस्थी गाउँका हुन् । मृतक सुशील जोशी भने पुर्चाैडी गाउँपालिका बैतडीका हुन् । उनी दुलहीका सहोदर भाइ हुन् ।
प्रतिक्रिया