धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । शुक्रबार राति लम्कीचुहा नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गको गप्का सडक खण्डमा ट्रकको ठक्करबाट किशोरको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले सुपप्र ०१–००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको जानकारी दिए ।
मृतकका आफन्तले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरिएको हो । डीएसपी तिमिल्सेनाका अनुसार पीडित पक्ष र ट्रक व्यवसायीबीच अहिले छलफल भइरहेको छ ।
प्रतिक्रिया