ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली कारागारमा झडप: संख्या यकिन गर्न कैदीबन्दीको गणना हुँदै

आइतबार २५, साउन २०८२ ०४:५९

धनगढी । कैदीबन्दीको संख्या यकिन गर्न कैलाली कारागारमा गणना गर्ने तयारी भएको हो । शनिबार मात्रै कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालका अनुसार २३ गते रातिको झडपपछि कैदीबन्दीको संख्या यकिन गर्नका लागि गणना थालिएको हो । 

शुक्रबार राति कारागारमा हिंसात्मक झडप भएको थियो । झडपमा परी ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । २२ गते पनि कारागारमा कुटाकुट भएकोमा घाइते छ जनामध्ये एक जनाबाहेक सबै डिस्चार्ज भइसकेका छन् । 

अहिले कारागारका ४८ जना कैदीबन्दीको उपचार भइरहेको छ । दुई जनाको काठमाडौंमा उपचार भइरहेकोमा अन्यको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया