धनगढी । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको घटनाबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।
बुधबार बिहान १० बजे बस्ने बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको हो । कारागारमा कैदीबन्दीको दुई समूहबिच भएको झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका थिए ।
समितिको सिंहदरबारस्थित सचिवालयमा बस्ने बैठकमा कैलाली कारागारमा मिति २०८२ साउन २३ गते घटेको घटना, त्यसको प्रभाव र समस्या समाधानका उपायहरुबारे छलफल गर्ने कार्यसूची राखेको छ ।
प्रतिक्रिया