ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा जिप दुर्घटनाः घाइते गर्भवतीको मृत्यु

बिहिबार ०५, भदौ २०८२ ०१:२५

दार्चुला । दार्चुला जिप दुर्घटनामा गम्भीर घाइते भएकी एक गर्भवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकसमेत रहेका सस्चना अधिकारी छत्रबहादुर रावतका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी २५ वर्षीया पार्वती टमटाको मृत्यु भएको हो । गर्भवती रहेकी उनको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  

बिहीबार बिहान जिल्लाको नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका थिए । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर रावतले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयका अनुसार होपरीबाट होपरीगाडतर्फ गइरहेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप दुर्घटना भएको हो । 

प्रतिक्रिया