ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा गहना लुट्न महिलाको हत्या, दुई जना पक्राउ

शुक्रबार ०१, फागुन २०८२ ०२:४९

धनगढी । दार्चुलामा गहना लुट्न ७१ वर्षीया वृद्धा महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका–८ तल्चौरकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या भएको हो । 

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए । भट्टका अनुसार उनीहरुको साथबाट कानमा लगाउने सुनको दुई थान मुन्द्री, एक थान नाकको मुन्द्री र एक थान नाकको फुली पनि बरामद गरिएको इन्सपेक्टर जोशीले बताए । जोशीको हत्यापछि बरामद भएका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

२७ गते  तल्चौर घर भई देवलमा खर्कमा बस्दै गरेकी जोशी आफ्नै खर्कको पछाडि मृत अवस्थामा फेला परेकी थिइन् । घटना अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई पदम थापाको नेतृत्वमा पनि अनुसन्धान टोली पठाइएको थियो । थापा अपराध अनुसन्धानमा सुदूरपश्चिममै अब्बल प्रहरी मानिन्छन् । 

प्रतिक्रिया