ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

बुधबार १८, भदौ २०८२ १२:११

काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज सुनप्रतितोला दुई लाख ७,९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मङ्गलबार सुन प्रतितोला दुई लाख ५,९०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला दुई हजारले बढेको हो ।

चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया