ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्– अधिकारविहीन प्रदेश राख्नुभन्दा हटाउनु बेस

बुधबार ०८, असोज २०८२ ११:३२

धनगढी । प्रदेश सरकारहरु खारेज गर्नुपर्ने आवाजहरु बढिरहेका बेला सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश राख्ने नै हो भने अधिकार सम्पन्न बनाएर राख्नु उचित हुने बताएका छन् । अन्यथा प्रदेश खारेज गरे पनि फरक नपर्ने उनको धारणा छ । 

‘अहिलेको जस्तै नाम मात्रको प्रदेश राख्नुको कुनै अर्थ छैन । राख्ने नै हो भने अधिकार सम्पन्न हुनु प¥यो भन्ने हो,’ मुख्यमन्त्री शाहको भनाई छ । पछिल्ला घटनाक्रमहरुका सन्दर्भमा काँग्रेस सांसद तथा अन्य पदाधिकारीहरुबीच छलफल गर्न मंगलबार धनगढीमा आयोजित अनौपचारिक बैठकमा मुख्यमन्त्री शाहले उक्त धारणा राखेका हुन् । 

बैठकमा मुख्यमन्त्री शाहकै संयोजनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्र र नारायणदत्त भट्ट, प्रदेश सांसदहरु, केन्द्रीय सदस्यहरु नृपबहादुर वड र सुशीला मिश्र, कञ्चनपुरका सभापति पदम बोगटी, प्रदेश कार्यसमितिका कार्यबाहक सभापति लोकराज अवस्थीलगायतको उपस्थिति रहेको थियो । 

बैठकमा सहभागी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले हाल पार्टीका जिम्मेवार पदाधिकारीहरुले सभापति शेरबहादुर देउवाविरुद्ध सञ्चालन गर्न थालेको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनतिर लैजानेमा चिन्ता व्ब्यक्त भएको बताए । 
 

प्रतिक्रिया