धनगढी । कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा कुबेरबहादुर शाही पुनः निर्वाचित भएका छन् । संघको १३औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट शाही पुनः अध्यक्ष बनेका हुन् ।
शाहीले हार्डवेयर व्यवसायलाई व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन संघले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन भएका छन्। महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी र कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन् ।
सदस्यतर्फ प्रन्जल गुप्ता, सुरेन्द्रप्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, शङ्कर साउद, जय कुँवर र बिरेन्द्र बोगटी चयन भएका छन् ।
प्रतिक्रिया