ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा खुल्दै विशेषज्ञ सेवासहितको `टीम अस्पताल´

सोमबार ०१, मङि्सर २०८२ ०२:५६

डडेल्धुरा । जिल्ला सदरमुकामको तुफानडाडामा विशेषज्ञ सेवासहितको  टीम अस्पताल संचालनमा आउने भएको छ । सर्जरी, अर्थो, गाइनो, एमडीजीपीसहित अन्य चिकित्सक अनकलमा रहने गरि टीम अस्पताल संचालनको तयारीमा हो ।

धनगढीमा कैलाली अस्पताल र रुद्राक्ष डाइग्नोस्टिक सेन्टर संचालन गरिरहेका हरि धामीसहितको टिमले अस्पताल खोलिरहेको हो ।

तुफानडाडा चोकस्थित सिद्धार्थ बैंक रहेको भवनमा अहिले अस्पताल संचालनका लागि काम भइरहेको संचालक धामीले जानकारी दिए ।

उनका अनुसार मंसिर महिनाभित्रै २५ शय्याको टीम अस्पताल संचालनमा आउने छ । माइनर, मेजर सर्जरीसहित स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ चिकित्सकले अस्पतालमा उपचार सेवा प्रदान गर्ने धामीले बताए । अन्य बिषेशज्ञ चिकित्सक अनकलमा रहने उनले बताए । 

प्रतिक्रिया