ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामको मेल्लेख गाउँपालिकाले हटायो ४८ करार कर्मचारी

बिहिबार ०४, मङि्सर २०८२ १०:५१

धनगढी । अछामको मेल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना कर्मचारीहरूको नियुक्ति खारेज गरेको छ । गत कात्तिक ३० गते बसेको ७औं कार्यपालिका बैठकले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले पालिकामा कार्यरत अस्थायी कर्मचारीहरूको करार सम्झौता रद्द गरिएको जानकारी दिइन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार कार्यपालिका बैठकले करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौँता रद्द गर्ने निर्णय गरेसँगै मङ्सिर १ गतेदेखि करार कर्मचारीहरू कार्यालयमा हाजिर नभएको उनले बताइन् । 

मेल्लेख गाउँपालिकामा करारमा कार्यरत रेडियोग्राफर एक जना, ल्याब ४ जना, अनमी ६ जना, स्टाफ नर्स एक जना, मेडिकल अधिकृत एक जना, वडा सहायक ८ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, आँखा उपचार केन्द्रमा कार्यरत ३ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना, रोजगार शाखामा कार्यरत २ जना स्वीपर ८ जना र ५ जना कार्यालय सहयोगीको करार सम्झौता रद्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ताम्राकारले बताइन् । 
 

प्रतिक्रिया