धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी अभियानमा आएका एक पुरुष अछाममा बेहोस भएका छन् । जिल्ला सदरमुकाम मंगलसेनमा नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला बेहोस भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आज बिहान सिटौला बिरामी परेका हुन् । ‘गाडीबाट उत्रिने बित्तिकै बेहोस भएर ढलेका थिए,’ डीएसपी खनालले भने, ‘उनलाई उपचारका लागि जिल्ला अस्पताल अछाम पुगाइएको थियो । त्यहाँबाट रेफर गरिएको छ ।’
डीएसपी खनालले सिटौलालाई उपचारका लागि काठमाडौं लगिँदै छ । ‘काठमाडौं लैजान हेलिकोप्टर अछाम पुगिसकेको छ,’ उनले भने ।
रास्वपा नेता शाहले सुदूरपश्चिमका सबे जिल्लामा चुनावी अभियान चलाइसकेका छन् । उनी अछामबाटै कर्णाली प्रदेश जाने कार्यक्रम छ ।
प्रतिक्रिया