ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामको साँफेबगरमा बिहानै आगलागी, १० पसल नष्ट

शनिबार १३, बैशाख २०८२ ०९:१२

धनगढी । अछामको साँफेबगर बजारमा आगलागी भएको छ । आज बिहान पौने ४ बजे साँफेबगर नगरपालिका- ३ हाटबजारस्थित प्रेम खड्काले संचालन गरेको सुभेच्छा मम सेन्टरबाट आगो सल्केको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार मम सेन्टरबाट बिजुलीको तार सर्ट भएर आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन् ।

मम सेन्टरसहित भैरव जनरल स्टोर,  रिभरसाइड नास्ता पसल, टिका कुँवरको ब्युटीपार्लर, डाक मोबाइल ग्यालरी,  कालभैरव सुनचाँदी पसल, रोडसाइड रेष्टुरेन्ट, इभी काउन्टर एण्ड पसल, किसोर भाटको नास्ता पसल र सितल होटेल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको डीएसपी भण्डारीले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा आएको बताइएको छ । 

प्रतिक्रिया