धनगढी । कैलालीको धनगढीमा जारी ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ आरपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज चार खेल सम्पन्न भएका छन् ।
आज भएको पहिलो खेलमा डिस्कभरी सेकेन्डरी स्कुल विजयी भएको छ । उसले ब्राइटवे पब्लिक स्कुललाई ५१ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको डिस्कभरीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ११६ रन बनायो । जवाफी ब्याटिङमा ब्राइटवे पब्लिक स्कुलले १० ओभरमा ८ विकेटको क्षतिमा ६५ रन मात्रै बनाउनसक्यो ।
आजै भएको दोस्रो खेलमा विद्याभूषण पब्लिक स्कुल विजयी भएको छ । उसले ग्ली एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । पहिले ब्यािटङ गरेको ग्ली एकेडेमीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ८१ रन बनाएको थियो । ८१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको विद्याभूषणले ८.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
आजै भएको तेस्रो खेलमा गार्डेन स्कुल विजयी भएको छ । गार्डेनले एक्सिस विद्याश्रमलाई ३ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको एक्सिसले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । गार्डेनले ९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ ।
आजै भएको चौथो खेलमा थ्री स्टार स्कुल विजयी भएको छ । उसले सिद्धार्थ विद्या निकेतनलाई ५ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको सिद्धार्थले निर्धारित १० ओभरमा सबै विकेट गुमाउँदै ५१ रन बनाएको थियो । थ्री स्टारले ४.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ ।
राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । राइजिङ स्टार बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार ८ कक्षामुनिको प्रतियोगितामा २४ टिमको सहभागीता रहेको छ ।
प्रवन्ध निर्देशक शाहीले प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई–दुई हजार प्रदान गरिने छ ।
प्रतिक्रिया