ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमाले प्रारम्भिक मतपरिणाम : ओली दोब्बर मतले अगाडि, महासचिवमा कडा प्रतिस्पर्धा

बिहिबार ०३, पुष २०८२ १०:४४

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत पाएका छन् । उनले १७३ मत पाउँदा पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापाले १५३, गोकर्ण विष्टले १३२ र रघुजी पन्तले १२३ मत पाएका छन् । 

यस्तै बिन्दा पाण्डेले ९८, टंक कार्कीले ४३, गुरु बरालले १०९, अरुण नेपालले ३८, भीम आचार्यले २७, पशुराम मेघी गुरुङले ४७ मत पाएका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया