ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री र बहालवाला मन्त्री पनि एमाले केन्द्रीय सदस्यमा पराजित

बिहिबार ०३, पुष २०८२ ०५:११

धनगढी । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी केपी शर्मा ओलीको टिमबाट खुला केन्द्रीय सदस्यमा चुनाव लडका थिए । 

भूगोलतर्फ केन्द्रीय सदस्यमा चुनाव लडेका सुदूरपश्चिम प्रदेशका बहालबाला मन्त्री बिरबहादुर थापा पनि पराजित भएका छन् । उनी सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री छन् । 

यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका तारा लामा तामाङ र एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा चुनाव हारेका छन् । उनीहरु दुबै भूगोलतर्फ केन्द्रीय सदस्यका उम्मेदवार थिए ।
 

प्रतिक्रिया