ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभा सञ्चालनको तयारी, कार्यव्यवस्था समितिको बैठक हुँदै

सोमबार ०७, पुष २०८२ ०१:१२

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सञ्चालनको तयारी गरिएको छ । गत भदौ २४ गते भएको जेनजी समूहको आन्दोलनपछि स्थगित रहेको प्रदेशसभा सञ्चालनको तयारी गरिएको हो । 

प्रदेशसभा सचिवालयले बैठक सञ्चालनका लागि तयारी थालिसकेको हो । प्रदेशसभा सञ्चालनकै लागि छलफल गर्न सभामुख भीमबहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सोमबारका लागि बोलाएको समितिको बैठकमा बैठक सञ्चालन विषयका साथै प्रदेशसभामा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । 

प्रतिक्रिया