धनगढी । जापानिज कम्पनी सुजुकी मोटरसाइकलको आधिकारिक डिलर सञ्जय मोटर्र धनगढीले ‘एक्सचेञ्ज अफर’ सुरु गरेको छ । एक्सचेञ्ज अफरअन्तर्गत सुजुकी कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर जुनसुकै कम्पनीका ‘सेकेण्ड ह्यान्ड’ मोटरसाइकलसँग साटेर लैजान सकिने सञ्जय मोटर्सले जनाएको छ ।
ग्राहकले ‘सेकेण्ड ह्यान्ड’ मोटरसाइकल दिएर नयाँ मोटरसाइकल लैजान सक्ने सञ्जय मोटर्सका सञ्चालक सुजित डगौराले बताए । उनले सेकेण्ड ह्यान्ड मोटरसाइकलको उचित मूल्यांकन गरिने उनले बताए । धनगढी सहीद गेटमा रहेको सञ्जय मोटर्समा शुक्रबारबाट सुरु भएको एक्सचेञ्ज अफर यही पुस १५ गतेसम्म सञ्चालन हुने छ ।
ग्राहकलाई आफ्नो पुरानो सवारी साधनलाई बदलेर अत्याधुनिक र भरोसायुक्त सुजुकी कम्पनीका सवारी लैजान सक्ने अवसरका रुपमा यो योजना ल्याइएको सञ्जय मोटर्सले बताएको छ । सञ्जय मोटर्सले सुजुकी कम्पनीका जिक्सर, भि स्ट्रङ, बगम्यानलगायत विभिन्न मोडेलका मोटरसाइकल र स्कुटिहरु बिक्री गर्दै आएको छ । ‘विगतमा सुजुकीका मोटरसाइकलका सामान पाइदैन भन्ने ग्राहकको बुझाइ थियो । अहिले सबै प्रकारका सामान सहजरुपमा उपलब्ध छन्’ सञ्चालक डगौराले भने, ‘सामानको कुनै समस्या हुँदैन ।’
प्रतिक्रिया