कैलाली । निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा तथा निर्वाचनबाट सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष मदनबहादुर कुवँर अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।
यस्तै, सहकारी संस्थाको उपाध्यक्षमा गोविन्दराज भट्ट, सचिवमा आङ दावा शेर्पा र कोषाध्यक्षमा छपेन्द्र कडाल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा विक्रम बिष्ट, अमरबहादुर खड्का, यमुना भट्ट पाण्डेय, उमेशराज पाण्डेय, ओमप्रकाश जोशी, ज्ञानेन्द्रबहादुर मल्ल, शिवराज सापकोटा, टेकराज जोशी, भोजराज रेग्मी, ध्रुव बराल र धर्म साउद निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सहकारीको लेखा समिति संयोजकमा दीर्घराज जोशी चयन भएका छन् भने सदस्यद्वयमा मणिराज भट्ट र ललित चन्द चयन भएका छन् ।
अध्यक्ष कुवँरले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा सम्पूर्ण शेयर सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्दै सहकारीलाई पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया