ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा कांग्रेसबाट नैनसिंह महर लड्ने, ३४ वर्षपछि देउवाले लिए विराम

मङ्गलबार ०६, माघ २०८२ ११:०६

धनगढी । डडेल्धुरामा नेपाली कांग्रेसबाट नैनसिंह महरले प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने भएका छन् ।

कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि कांग्रेसले महरलाई टिकट दिएको हो । फागुन २१ गते हुने निर्वाचनका लागि महरले कांग्रेसको तर्फबाट महरले आज उम्मेदवारी दर्ता गराउँदै छन् । उनी नेपाली कांग्रेसको निवर्तमान केन्द्रीय सदस्य तथा नेविसंघको पूर्वअध्यक्ष समेत हुन् ।

०४६ यता भएका सात वटै निर्वाचनमा डडेल्धुरामा निरन्तर देउवा निर्वाचित हुँदै आएका थिए । एक पटक पुनः चुनाव लड्ने चाहना राखेका देउवाले जेनजी आन्दोलन कुछिनुका साथै विशेष महाधिवेशनबाट पार्टी खोसिएपछि चुनाव समेत नलड्ने मुडमा पुगेपछि महरले पालो पाएको कांग्रेस स्रोतले जनाएको छ ।

पाँच पटक प्रधानमन्त्री समेत बनेका देउवा निर्वाचनको मैदान छोडेकाले ३४ वर्षपछि प्रतिनिधि सभामा नयाँ जनप्रतिनिधि पाउने शौभाग्य डडेल्धुराले पाएको छ । कांग्रेसका महरसंगै यसपालीको निर्वाचनमा नेकपा एमालेबाट चक्रबहादुर स्नेही, नेकपाबाट मानसिंह माल र रास्वपाबाट डा.तारा जोशी उम्मेदवार छन् ।

प्रतिक्रिया