धनगढी । नागिरक उन्मुक्ति पार्टी नेपालबाट कैलाली क्षेत्र नम्बर १ मा रेशमलाल चाैधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चाैधरीले आज कैलाली - १ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि सोही क्षेत्रबाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचन जितेका थिए ।
२०७९ काे प्रतिनिधि सभा निर्वाचनमा उनकी श्रीमती रञ्जिता श्रेष्ठले रेशमको नाममा नागरिक उन्मुक्ति पार्टी गठन गरी चुनाव जितेकी थिइन् । तर, पछिल्लो समयमा राजनीतिक शक्तिको खिचातानीले गर्दा रेशमले नागरिक उन्मुक्ति पार्टी गठन गरे भने रञ्जिताले नेपाली कम्युनिष्ट पार्टीमा पार्टी एकीकरण गरिन् ।
प्रतिक्रिया