ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आज नेपालको खेल इटालीसँग

बिहिबार २९, माघ २०८२ १०:५२

भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको हो । तर, एकदिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् । जसमा तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको छ ।

इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलोपटक टी– २० विश्वकपमा स्थान बनाएको हो । इटाली विश्वकपको डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता, तेस्रोपटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको हार ब्यहोरेको थियो ।

प्रतिक्रिया