कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा अनियमितता बढेपछि अख्तियार दुरुपयोगका उजुरी बढ्न थालेका छन् । प्रदेशमा पछिल्लो १२ वर्षमा ११ हजार २ सय ६६ वटा नयाँ उजुरी अख्तियारमा परेका छन् ।
जिम्मेवारी सरेर आएकासहित उजुरीको संख्या १२ हजार ५९ पुगेको हो । जसमध्ये १० हजार ७९९ मुद्दा फर्स्यौट गरिएको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले जनाएको छ ।
पछिल्लो सात महिनामा मात्रै करिब सात सय वटा अख्तियार दुरुपयोग सम्बन्धी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ २६ सम्म सुदूरपश्चिमका नौ वटै जिल्लाबाट ६ सय ८६ उजुरी परेका हुन् ।
गत आर्थिक वर्षबाट सरेर आएका ४ सय ६२ र चालु आर्थिक वर्षमा हालसम्म परेका ६ सय ८६ मध्ये ६ सय १० वटा उजुरीको फर्स्यौट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगले जनाएको छ ।
प्रतिक्रिया